भरतपुर महानगरको बजेट ४ अर्व १५ करोड

ध्रुवराज खनाल-

चितवन । देशको मध्य भागमा रहेको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४ अर्व १५ करोड ६४ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवार सुरु छैटौँ नगरसभामा महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेकी हुन । प्रस्तुत बजेटमा अन्तरसरकारी अख्तियारीबाट ६० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसै गरी आन्तरिक आय ९० करोड ,घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त ४६ करोड १२ लाख ५१ हजार, जनसहभागिताबाट २५ करोड, बैङ्क मौज्दात ८२ करोड, मर्मत सम्भार कोष बाट २ करोड र सडक बोर्ड नेपालबाट १ करोड ५० लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

चालु आव २०७६/७७ को लागि कूल अनुमानित आय ४ अर्व ५१ करोड २८ लाख ८ हजार ९ जेष्ठ मसान्त सम्म पूरक बजेट तथा थप अख्तियारी समेत र व्ययतर्फ ४ अर्व ५१ करोड २८ लाख ८ हजार पूरक बजेट तथा थप अख्तियारी समेत अनुमान गरिएको प्रस्तुत बजेटमा उल्लेख छ ।

अनुमानित आयमा २०७७ आषाढ पहिलो हप्तासम्म महानगरले आन्तरिक आम्दानी करिब ३१ करोड २८ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २१ करोड २४ लाख ४८ हजार एवं जनसहभागिता १९ करोड ६ लाख गरी जम्मा ७१ करोड ५८ लाख ४८ हजार र सङ्घीय सरकारको राजश्व बाँडफाँड बाट १९ करोड ९८ लाख १३ हजार आम्दानी भएको जनाइएको छ ।

यसैगरी सङ्घ तथा प्रदेशबाट वित्तीय हस्तान्तरण बापत क्रमशः १ अर्व ५० करोड ६४ लाख ८० हजार र १० करोड ३७ लाख ७६ हजार प्राप्त भएको, ९७ करोड ३५ लाख ६७ हजार बैकबाट अल्या गरिएको उल्लेख छ । साथै ढुङ्गा, गिट्टी, बालुवा तथा माटोजन्य वस्तुबाट हाल सम्म २ करोड २ लाख प्राप्त भएको बजेटमा उल्लेख छ । छ ।

महानगरले चालु आर्थिक वर्षमा व्ययतर्फ चालु शीर्षकमा १ अर्व ८० करोड २३ लाख २२ हजार विनियोजन भएकोमा २०७६ आषाढ पहिलो हप्तासम्म १ अर्व ८ करोड ४० लाख अर्थात् ६० दशमलव १ प्रतिशत गरेको छ । पुँजीगत विकास बजेट तर्फ २ अर्व ७१ करोड ४८ लाख ६ हजार विनियोजन भएकोमा ८२ करोड ८४ ७६ हजार अर्थात् ३० दशमलव ६ प्रतिशत मात्रै खर्च भएको उल्लेख छ । चालु आवको असार पहिलो सातासम्म कुल खर्च १ अर्व ९१ करोड २४ लाख ७६ हजार भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *