किरण केसीको सुझावः यस्ता मान्छेबाट टाढा रहनुहोस

काठमाडौं । हास्य कलाकार किरण केसीले जिवनमा सुखी हुनका लागि पाँच प्रकारका मान्छेहरुबाट टाढा रहन सुझाएका छन् ।
फेसवुकमा स्टाटस लेख्दै कलाकार केसीले जसले काम पर्दा मात्र सम्झन्छ त्यस्ता मान्छेबाट टाढा रहन भनेका छन् । जसले फाइदा मात्र लिने मान्छेसँग पनि टाढा रहनुपर्ने उनको सुझाव छ ।

केसीले जो बारबार झुट बोल्छ, जसले तपाईलाई इज्जत गर्दैन त्यस्ता मान्छेबाट पनि टाढा रहनु पर्ने बताएका छन् ।
यसैगरी अरुको अगाडी मै हुँ भनेर तपाईंको बेइज्यत गर्नेसँग पनि टाढा रहनुपर्ने बताएका छन् ।
कलाकार केसीको स्टाटसलाई नायिका करिष्मा मानन्धरले पनि शेयर गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *