लकडाउनमा १०१ किलो तौल बढेपछि यसरी घटाए यी युवकले

चीनको वुहानमा एक २६ वर्षीय युवकको १०१ किलो बढेपछि स्वास्थ्यमा समस्या भएको छ । पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १०१ किलो बढेपछि उनको स्वास्थ्यमा समस्या आएको हो ।

एक साइबर क्याफेमा कार्यरत झाउलाई अत्यधिक तौल बढेका कारण सास फर्न समस्या भएको हो । पहिले नै बढ्दो तौलका कारण तनावमा रहेका उनको लकडाउनको समयमा झनै बढ्दै गयो ।

डिसेम्बरमा झाउको तौल १७७ किलो थियो । लकडाउनका क्रममा पछिल्लो पाँच महिनामा उनको तौल २७८ पुग्यो । ८ अप्रिलमा जब चीनमा लकडाउन हटाइयो झाउ आफ्नो बढ्दो तौलका कारण हिँडडुल गर्न समेत सकिरहेका थिएनन् । श्वास  फर्न समस्या भइरहेको थियो । उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने भयो ।

 वुहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मे मा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको जानकारी दिएको बताए । उनका अनुसार बिरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो र निकै मुश्किलले कुरा गरिरहेका थिए । त्यसको भोलिपल्ट स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको डाक्टरले जानकारी दिए ।

झाउललाई ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्याइएको हो । परीक्षणपश्चात् उनको ‘हार्ट फेल्योर र रेस्टिरेटरी डिसफङ्सन’ भएको पत्ता लाग्यो । चिनियाँ मिडियाका अनुसार ९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा अब झाउको स्थिती सुधारोन्मुख भएको रिपब्लिक वर्ल्डले जनाएको छ ।

तौल कम गर्नका लागि झाउको शल्यक्रिया भएको छ । शल्यक्रियाको क्रममा एउटा हिस्सा हटाइएको छ । डाक्टरका अनुसार अबको तीन महिनामा झाउले २४ किलो तौल घटाउनु पर्नेछ । यसमार्फत् शल्यक्रियाको खतरा घट्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *