कोरोनामुक्त भएर घर फर्किइन् नायिका निरिशा बस्नेत

काठमाडौं । ‘जानी नजानी’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका निरिशा बस्नेत कोरोना मुक्त भएर घर फर्किएकी छिन् ।

हाल मुम्बईमा रहेकी निरिशाले आफूमा कोरोना भाइरस (कोभिड १९) देखिएको भन्दै केही समय अगाडि सामाजिक सञ्जाल फेसबुक मार्फते जानकारि गराएकी थिइन् ।

निरिशा कोरोना मुक्त भएको र क्वारेन्टाइनबाट घर फर्किएको उनका पिता विश्व बस्नेतले जानकारी दिँदै खुशी व्यक्त गरे । उनले सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद समेत दिएका छन् ।

निरिशाले केही भारतीय सिरियलमा पनि अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *