कांग्रेस भित्र विशेष महाधिवेशनकाे माग चर्किएकाे सुजता काेइरालाकाे दावि

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र बिशेष महाधिवेशनको माग गर्ने तयारी भइरहेको खुलासा गरेकी छिन् ।

नेतृ कोइरालाले आज सामाजिक सञ्जाल मार्फत यस्तो धारणा ब्यक्त गरेकी हुन । कोरोना संक्रमणका कारण पार्टीको महाधिवेशन लक्षित कार्यक्रमहरु प्रभावित भएको बहानामा पार्टी संस्थापन पक्षले महाधिवेशन रोक्न सक्ने आशंका भैरहेको समयमा प्रभावशाली नेतृ कोइरालाले विशेष महाधिवेशनको माग उठ्दै गएको बताएकी हुन् ।

कोइरालाले लेखेकी छिन–‘अब नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले महाधिवेशनको प्रकृया सुरु गर्न ढिला गर्नु हुँदैन । यदी तुरुन्त त्यसो हुन सकेन भने पार्टीका युवा प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्ने तयारी गरेको सुचना मैले पाएको छु ।’

पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैली प्रति कांग्रेसका युवा पङ्तीहरु असन्तुष्ठ छन् । सभापतिले पार्टी चलाउन नसकेको, जनवर्गिय संगठनहरु अपाङ्ग बनाएको तथा पार्टीभित्र गुट उपगुट सृजना गरेको आरोप छ ।

पार्टीभित्र डा. शेखर कोइराला, गगन थापा, कृष्ण प्रसाद सिटौला, दिलेन्द्र प्रसाद वडु, स्वयं सुजता कोइराला समेतले समयमै महाधिवेशन गर्न माग गरेपनि सभापति देउवा भने महाधिवेशन गर्ने मनस्थितिमा रहेका छैनन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी समेत नलिइरहेका देउवा अझै एक कार्यकाल पार्टीको नेतृत्व लिने योजनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *