भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता त्रिविद्वारा रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले ४ भारतीय विश्वविद्यालयबाट प्राप्त शैक्षिक प्रमाणपत्रको आधारमा प्रदान गरेको समकक्षता रद्द गरेको छ । बुधबार सूचना जारी गरी केन्द्रले ४ विश्वविद्यालयका ११४ विद्यार्थीको समकक्षता पत्र रद्द गरेको जनाएको हो ।

भारत मेघालयका सीएमजी विश्वविद्यालयका १३, टेक्नो ग्लोबल विश्वविद्यालयका २, मणिपुरको साङ्गाई विश्वविद्यालयको ९८ र प्रज्ञान इन्टरनेसन विश्वविद्यालयका १ विद्यार्थीको समकक्षता रद्द गरिएको सूचनामा उल्लेख छ ।

साथै स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहको समकक्षता रद्द गरिएको छ । त्रिविले यी विश्वविद्यालयबाट प्राप्त डिग्रीको छानबिन गरेको थियो । छानबिनपछि अमान्य रहेको ठहर गरेको हो ।

केन्द्रले ३५ दिने सूचना प्रकाशित गरी समकक्षता प्राप्त व्यक्तिहरुलाई प्रर्याप्त आधार र प्रमाणहरु पेस गर्न सूचित गरेको थियो । ती विद्यार्थीहरूले समकक्षता रद्द गर्नु नपर्ने आधार पेस गर्न नसकेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =