नेकपाले बोलायो सचिवालय बैठक, मुख्य एजेण्डा एमसीसी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने जनाइएको छ ।

एमसीसीबारे नेकपाले अहिलेसम्म टुङ्गो नलगाउँदा संसदको यो अधिवेशनबाट एमसीसी अनुमोदन हुन पाएको छैन । तर प्रधानमन्त्री ओलीले निकै पहिलेदेखि एमसीसीलाई पारित गराउन जोडबल गर्दै आएका छन् ।

यसअघि प्रधानमन्त्रीले राष्ट्रिय सभामा गरेको सम्बोधनमा एमसीसीबारे पढ्दै नपढेकाहरुले हल्लाको भरमा आलोचना गर्दै अगाडि बढेको बताएका थिए । पछिल्लो पटक जेठ ३२ मा बोलाइएको बैठक निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *