राष्ट्रपति भण्डारीद्वारा संविधान संसोधन विधेयक प्रमाणीकरण

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

प्रतिनिधिसभा तथा राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको विधेयक आज बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ । उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ । सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

भारतले गत वर्ष एकतर्फी रुपमा नेपाली भूभाग समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । भने, केही महिना अघि मात्रै सो क्षेत्रमा मानसरोवर जाने सडक निर्माण गरेर उद्घाटन समेत गरेको थियो ।

नेपाली भूभाग भारतले अतिक्रमण गरेको भन्दै चौतर्फि विरोध भएपछि सरकारले भूमी फिर्ताका लागि नेपालको राजनीतिक, प्रशासनिक नक्सा जारी गरेको थियो । यता भारतले भने नेपालले जारी गरेको नयाँ नक्सामा असहमति जनाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *