राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका २१ चिकित्सक क्वारेन्टिनमा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २१ चिकित्सक क्वारेन्टिनमा बसेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रतिष्ठानका २१ जना चिकित्सकहरु क्वारेन्टिनमा बसेका हुन् ।

‘यहाँ उपचारका लागि आएका बिरामीमा कोरोना पोजेटिभ देखियो, त्यसपछि उहाँहरु क्वारेन्टिनमा हुनुहुन्छ ।’ प्रतिष्ठान स्रोत भन्दछ । प्रतिष्ठानका ४ जना डाक्टर, ११ जना नर्स तथा ६ जना स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमा बसेका छन् ।

क्वारेन्टिनमा बस्नेहरुमा प्रतिष्ठानका अस्पताल निर्देशक समेत रहेको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीले बताइन् । प्रतिष्ठानको मेडिकल वार्डमा उपचारका क्रममा रहेका एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *