क्वारेन्टाइन रहेकी महिलाको बलात्कार, स्वास्थ्यकर्मीसहित तीनजना पक्राउ

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका-१ पूर्वलम्कीमा रहेको एक क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित तीनजना पक्राउ परेका हुन् । जेठ २० गते गौरीफन्टा नाकाबाट आएर क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका दुईजना र एक स्वास्थ्यकर्मीले आफ्नो बलत्कार गरेको जाहेरी दिएपछि पक्राउ गरिएको हो ।

पीडित महिला लम्कीचुहा नगरपालिकाकि ३१ वर्षीया हुन् । तीनैजनालाई आरोपितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रर्दशन गरेका छन् भने वडा कार्यालयमा तोडफोड पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *