चौरजहारी घटना : २९ जना पक्राउ, ३४ जना विरुद्ध आजन्म कैदको मुद्दा

काठमाडौं । चौरजहारी घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध आजन्म कैदको मुद्दा परेको छ । गत जेठ १० गते रूकुम पश्चिमको चौरजहारीको सोतीमा भएको घटनामा संलग्न भएको आरोपमा ३४ जना विरुद्ध आजन्म कैदको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा हालेको हो ।

३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार सूचीमा छन्। नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ। प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन्। नाबालकको हकमा आधा सजाय हुन्छ।

चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरको र अन्यलाई घाइते बनाएको तथा छुवाछुतको विभेद गरेको भन्दै तीनवटा कसुरमा मुद्दा दर्ता गरिएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिएका छन् । अभियुक्तहरूलाई आजन्म कैदको माग गरिएको प्रवक्ता रेग्मीको भनाइ छ।

प्रहरीको अनुसन्धानमा जेठ १० गते साँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष छ।

 

प्रहरी प्रतिवेदनका प्रतिवादी र फरार प्रतिवादीहरु

प्रतिवादीहरू – डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, नाम पविर्तन गरेर युवती, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल

फरार प्रतिवादीहरु-  तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *