मिस युनिभर्स नेपाल २०२० को आरम्भ

काठमाडा । मिस युनिभर्स २०२० को आरम्भ भएको छ । पहिलो अल इन—एप ब्युटी पेजेन्ट— मिस युनिभर्स नेपाल २०२० को घोषणा गर्न पहिलो डिजिटल प्रेस सम्मेलनको आयोजना गरिएको हो । मिस युनिभर्स नेपाल २०१७ की नग्मा श्रेष्ठले स्थापना गरेको म नेपाली लिमिटेड नेपालले उक्त सम्मेलनको आयोजना गरेको हो । म नेपाली लिमिटेड नेपाल मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रान्चाइजी हो । नेपालको एक मात्र बहु—बिलियन डलर मल्टिनेशनल समूह सीजी कर्पोरेसेन ग्लेबल यसको सह—संस्थापक हो ।

डिजिटल कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी र मिस युनिभर्स संगठनका अग्रणी दिग्गज तथा नग्माको नेपाली महिला सशक्तिकरणका लागि शाहसी, बोल्ड र सुन्दर दर्शनका समर्थक सेलिब्रेटीहरुको सहभागीता रहेको थियो । जसमा मिस युनिभर्स जोजीबीनी टुन्जी, मिस युनिभर्स नेपाल २०१८ मनिता देवकोटा, सुपरस्टार इन्दिरा जोशीको सहभागिता रहेको थियो ।

कार्यक्रममा म नपालीकी क्रिएटिभ डिरेक्टर अनुशा पीटरसनले मिस युनिभर्स नेपाल एपको पहल बारेमा कुरा गरेकी थिइन भने थुप्रै सुपरस्टार प्रतिस्पर्धी विजेताहरु पछाडिका कोच जोनस गाफुडको पनि उपस्थिति थियो । प्रेस सम्मेलन प्रेस्का उदासले संचालन गरेकी थिइन् ।

म नेपालीका लागि पहिलो इन—एप सौन्दर्य प्रतियोगिता आयोजना गर्नुको युगल प्रेरणा पनि रहेका छन् । संगठनको उदेश्य कोभिड—१९ महामारीको समयमा प्रतिस्पर्धी र फ्यानहरुको सुरक्षा, सौन्दर्यलाई लोकतान्त्रिकरण तथा जहाँ रहेपनि जस्तो आर्थिक अवस्थाका भए पनि नेपाली मन भएका युवाहरुलाई प्रतिस्पर्धा गराउँदै केहिका लागि लाभबाट धेरैका लागि अवसरको रुपमा सहभागीहरुलाई प्रतियोगितामा रुपान्तरण गर्ने ।

नग्मा भन्छिन्, “मेरा नजरमा नेपाली महिलाहरु शाहसी, बोल्ड र सुन्दर छन् । मैले ७ वर्षको उमेर देखिनै सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना देखेकी थिए । मलाई लस भेगसमा मिस युनिभर्स पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व लागेको थियो । आज, म मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक भएकी छु । सपनाहरु साकार हुन सक्छन । र, म के सुनिश्चित गर्न चाहन्छु भने सबै युवा नेपाली महिलाहरुसँग मैले पाएँ जति समान अवसर छ , जित वा पराजित जे भएपनि त्यसले हामीलाई आफु र आफुले प्रतिनिधित्व गरेको देशप्रति गर्वान्भित महशुस गराउँदछ ।”

सीजी कर्पोरेसन ग्लोबलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले भने, “यस देशका गौरवशाली नागरिकको रुपमा सीजी कर्पोरेसन ग्लोबलका चार पुस्ताहरु नेपाललाई विश्वमा पुर्याउने दर्शनबाट निर्देशत छन् । हाम्रो दर्शनबाट प्रेरणा पाएर प्रतिभाशाली तथा प्रेरणादायक नेपालकी पूर्व मिस युनिभर्स नग्मासंग साझेदारी गरेर विश्वकै प्रतिष्ठित मिस युनिभर्स नेपालको ब्यान्डवागन ल्याउन पाउँदा अपार खुशी प्रदान गरेको छ । सबै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरु मध्यकै इच्छित सौन्दर्य उपाधी भएकाले यसले महिला सशक्तिकरणको प्रतीक गर्दै मानवीय मुद्दाहरुको वकालत गर्दछ । यो घोषणात्मक समय यो भन्दा राम्रो अरु कुनै हुन सकेन किनभने हामी नेपालका सुन्दर महिलाहरुले यस चुनौतीपूर्ण समयमा सहानुभूतिका साथ राष्ट्रलाई मार्गदर्शन गरेको हेर्न चाहन्छौं । मिस युनिभर्स नेपालको उपाधीले प्रतिभाशाली महिलाहरुलाई सकारात्मक प्रभाव पार्न आवाज प्रदान गर्ने भएकाले हामी निकट भविष्यमा ग्लोबल मिस युनिभर्स कार्यक्रम नेपालमा ल्याउन कार्यरत छौं ।”

यस वर्षको प्रतियोगितालाई कार्यान्वयन गर्न नग्माले विज्ञहरुको वल्र्ड—क्लास टीम ल्याएकी छिन् । जसमा अनुशा पीटरसन डकोमेन्ट्री र कनसर्ट ब्रोडकास्टींग र वेव वा मोबाइल कास्ट इन्टरटेन्मेन्टकी एक अग्रणी निर्माता हुन् । यस्तै जोनस गाफुड मिस युनिभर्स फिलिपिन्स् र सिंगापुरका हालको फ्रान्चाइजीका क्रिएटिभ र इभेन्ट डिरेक्टर हुन् । जोनसले प्रतियोगीहरुलाई प्रशिक्षण गर्दौ मिस युनिभर्सको मापदण्डलाई पुरा गर्ने सुनिश्चित गर्नेछन् ।

ग्राउन्ड ब्रेकिंग म नेपाली, मिस युनिभर्स नेपाल २०२० एप जुलाईको मध्यान्तरदेखि एप स्टोर र गुगल प्लेमा उपलब्ध हुनेछ । यहीँ काठमाडौंमा विकसीत गरिएको एप एकपटक उपलब्ध भइसकेपछि यसले नेपाली महिलाहरुको आत्मविश्वास र सौन्दर्यप्रति हाम्रो प्राविधिक क्षेत्रको ध्यान तान्नेछ, जुन आफैमा पहिलो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *