‘ओली सरकार भ्रष्टाचारको चाङमाथी उभियो’ डा. शेखर

विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारको चाङमाथी उभिएको बताएका छन् । मुलुक कोरोना संक्रमणसँग जुधिरहेको बेला नेकपाको सरकार कोरोना स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार गरेर बसेको डा. कोइरालाको तर्क छ ।

डा. कोइरालाले एका विहानै फेसवुकमा स्टाटस पोस्ट गर्दै बर्तमान सरकारले आरडिटी, पिसिआर खरिदमा भ्रष्टाचार गरेको बताएका छन् । यसैगरी लकडाउनका बेला घरभित्रै भोकभोकै रहेका नागरिकलाई भनेर वितरण गरीएको राहतमा पनि सरकारले भ्रष्टाचार गरेको डा. कोइरालाको दावि छ ।

विदेशी भुमी खासगरी भारतीय भूमिबाट नेपाल आएका नागरिकलाई राख्न बनाइएको क्वारेन्टाइनमा समेत सरकारले भ्रष्टाचार गरेको डा. कोइरालाले उल्लेख गरेका छन् ।

यो संँगै कोराना भाइरसका कारण विदेशी भूमीमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन चार्टर गरीएको प्लेनमा पनि भ्रष्टाचार भएको डा. कोइरालाले उल्लेख गरेका छन् ।

‘आरडिटी र पिसिआरमा भ्रष्टाचार, राहतमा भ्रष्टाचार, क्वारेन्टाइनमा भ्रष्टाचार, चार्टर फ्लाईटमा भ्रष्टाचार, यो सरकार भ्रष्टाचारको चाङमाथी उभिएको छ ।’ डा. कोइरालाले लेखेका छन् । उनले जनताको स्वास्थ्य सुरक्षा प्रति सरकार असंवेदनशील भएको बताइसकेका छन् ।

उनले सरकार चौतर्फी रुपमा भ्रष्टाचारको गर्न उद्यत रहेको बेला काठमाडौंमा स्वतः स्फुर्त युवाहरुले विरोध गरेकोमा ती युवाहरुलाई हार्दिक बधाई दिएका छन् । डा. कोइरालाले बर्तमान सरकारकै कारण युवाहरु सडकमा आउनु पर्ने अवस्था आएको बताउँदै देशभरका युवाहरुले स्वतःस्फुर्त सरकारको खबरदारी गर्नु स्वागत योग्य कदम भएको बताएका छन् ।

पछिल्लो समय सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा १० अर्ब खर्च गरेको बताएपछि सोको चौतर्फ विरोध भइरहेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हिजो मात्रै प्रधानमन्त्री कार्यालयमा कोरोना भाइरस रोकथाम उपचार के कसरी १० अर्ब खर्च भयो सोको विस्तृत विवरण माग गर्दै निवेदन दर्ता गराएका छन् । भने, केहि दिन यता राजधानी लगायत देशभर युवाहरुले स्वतःस्फुर्त सरकार विरोधी प्रर्दशन गर्दै आइरहेका छन् ।

संसदमा प्रमुख प्रतिपक्ष कांग्रेसका गगन थापाले १० अर्बको हिसाबकिताब माग्दा प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिन सकेका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *