विशालनगरस्थित सरिता गिरीको घरमा कालोझण्डा, प्रहरीले हटायो

काठमाडौं । सांसद सरिता गिरीको घरमा आज साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । समाजवादी पार्टीकी सांसद गिरीको घरमा राखिएको कालोझण्डा प्रहरीले हटाएको छ ।

प्रहरीका अनुसार झण्डा कसले राख्यो भन्ने पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यसबारे अनुसन्धान गरिरहेको काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए ।

नेपाल सरकारले जारी गरेको नयाँ नक्सा पछि निशाना छापमा पनि नक्सा राख्न संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।

सांसद सरिता गिरीले उक्त विधेयकमा स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।

उनकै समाजवादी पार्टीले पनि उनलाई सो प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ भने फिर्ता नलिएमा पार्टीबाटै कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *