साढे आठ लाख बढी बिगोसहित विद्युतका एक कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मोरङको रङ्गेली विद्युत वितरण केन्द्रका एक कर्मचारीविरुद्ध साढे आठ लाख बढीको विगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरण रङ्गेली वितरण केन्द्र मोरङ्गका तत्कालीन हेल्पर (म्यादी) अरुण कुमार गुरुङविरुद्द विद्युत महशुल हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार गुरुङ्ले उक्त केन्द्रको काउण्टरमा रही ग्राहकसँग संकलन गरेको महसुल हिनामिना गरेको उजुरीका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको हो ।

गुरुङ्ले ग्राहकले बुझाइसकेको विद्युत महशुलबाट आव ०६८/६९ र आव ०६९/७० मा हिनामिना गरेको कारणले त्यस्ता ग्राहकका नाममा उक्त हिनामिनाबाट बक्यौता देखिन गएको नियमानुसारको रिबेट तथा दस्तुरसहितको महशुल रकम ८,७३,५४२ रुपैयाँ १४ पैसा विगो देखिएको आयोगको दाबी छ ।

उक्त रकम बमोजिमको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =