डा. शेखरको सरकारलाई प्रश्न ‘जनताको स्वास्थ्यप्रति किन लाचार ?’

बर्तमान सरकार जनताको स्वास्थ्य माथि गम्भिर नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले जनताको स्वास्थ्य प्रति सरकार निरिह र लाचार भएको टिप्पणी गरे ।

डा. कोइरालाले देश कोभिड–१९ को महामारीको चपेटामा परेको बेला सरकारले क्वारेन्टाइन समेत ब्यवस्थापन गर्न नसकेको जिकिर गरे । ‘न क्वारेन्टाइनको ब्यवस्थापन राम्रो छ, न संक्रमितहरुको उचित ब्यवस्थापन छ ।’

विश्व स्वास्थ्य संगठनले आरडिटी परीक्षणलाई विस्वसनीय नभएको बताईरहँदा सरकारले आरडिटी परीक्षणलाई प्राथमिकता दिएर गम्भिर गल्ती गरेको डा. कोइरालाको दावि छ । उनले नेगेटिभ देखिएपछि घर फर्केकाहरुमा कोरोना संक्रमण देखिएको भन्दै यसले कोरोना संक्रमणको जोखिम बढेको बताए । ‘आरडिटी नेगेटिभ देखिएर घर फर्केकामा संक्रमण फैलँदै गएको छ । पिसिआर रिपोर्टका लागि हप्तौं कुर्नुपर्ने अवस्था छ ।’ डा. कोइरालाले भनेका छन् ।

उनले मृत्यु र अन्त्येष्टि पश्चात पिसिआर परीक्षण गर्नुले सरकार कोरोना रोकथाम र नियन्त्रणमा लाचार निरिह भएको प्रष्टीएको बताएका छन् । ‘पिसिआर रिपोर्टका लागी हप्तौं कुर्नुपर्ने अवस्था छ । मृत्यु र अन्त्येष्टि पश्चात पिसिआर परिक्षण गरिन्छ । जनताको स्वास्थ्यप्रति सरकार किन यति निरिह र लाचार ?’ डा. कोइरालाले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *