करिष्माले मधेशवादी नेताहरुलाई भनिन्–‘आफ्नो नेता चिन्नुस !’

काठमाडौं । कलाकार करिष्मा मानन्धरले डा. बाबुराम भट्टराई महान नेता भएको बताएकी छिन् । तीन वर्षसम्म नयाँ शक्ति नेपालको सक्रिय कार्यकर्ता रहेर डा. भट्टराईसँग नजिक रहेकी करिष्माले डा. भट्टराईमा नकारात्मकता नरहेको प्रष्ट्याएकी छिन् ।
राप्रपा नेता कमल थापाले डा. भट्टराईसँग धेरै विषयमा मतभेद रहेपनि उनको राजनीतिक उचाईलाई निर्वाचन आयोगमा पेश गरीएको कागजले निर्धारण नगर्ने बताएका थिए । थापाले राजनीतिक यात्रा र संघर्षमा डा. भट्टराईले उचाई प्राप्त गरीसकेको भन्दै ट्वीट गरेका थिए ।

सोहि ट्वीटलाई करिष्माले रिट्वीट गर्दै डा. भट्टराईको उचाई पदले निर्धारण गर्न नसक्ने बताएकी हुन् । ‘डा. बाबुराम भट्टराईलाई तीन वर्षको सहयात्रामा अलिअली चिन्ने मौका पाएको छु, जसरी वहाँलाई नकारात्मक प्रकारले ब्याख्या गरिन्छ त्यो पट्टकै होइन ! उहाँको राजनीतिक उचाई वहाँको पदले निर्धारण गर्ने होइन !’ करिष्माले भनेकी छिन् ।

उनले मधेसी नेताहरूले डा. भट्टराईको महत्त्वको कदर गर्नुपर्ने बताएकी छिन् । ‘संकीर्ण भएर पदलाई महत्त्व दिनु भन्दा पनि फराकिलो भएर पार्टीले बोकेको विचारलाई बलियो बनाउनु पर्छ । नभुलौ समतल सहज भौगोलिक स्थिति र सुन फल्ने खेति योग्य जमिन र विभिन्न औद्योगिक कलकारखाना हुँदाहुँदै पनि किन तराई पछि छ ! त्यो नेतृत्व बलियो र दुरदर्शी नभएर हो तेसैले आफ्नो नेता चिन्नुस !’ करिष्माले भनेकी छिन् ।

हिजो मात्रै समाजवादी र राजपाविच एकता प्रक्रिया अन्तरगत निर्वाचन आयोगमा दल दर्ता गर्दा डा. भट्टराईलाई चौथो बरियतामा राखिएको विषयले चर्चा पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *