मनीषा कोइराला होटलको क्वारेन्टाइनमा

काठमाडौं। अभिनेत्री मनीषा कोइराला अहिले राजधानीको एक होटलको क्वारेन्टाइनमा बसेकी छन्। तीन दिनअघि मुम्बईबाट परिवारसहित आएकी उनी होटलको क्वारेन्टाइनमा बसेकी हुन्। परिवारसहित उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

मनीषा मंगलबार मुम्बईबाट हवाईजहाजमा बनारस र त्यहाँबाट गोरखपुर हुँदै गाडीमा भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन्। मनीषासँगै उनका बुवा, आमा र काकीसँग नेपाल आएकी हुन्। विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार घर उनीहरु होटलमा बसेका हुन्।

नेपाल फर्किएपछि उनले निश्चित आफन्तबाहेक अरूसँग भेटघाट गरेकी छैनन्। नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गरेपछि मनीषाले यसको स्वागत गरेकी थिइन्। त्यसपछि मनीषाको विरोधमा भारतीय मिडिया खनिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *