६ महिनापछि चलचित्र विकास बोर्डले पायो नयाँ नेतृत्व, अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन दिने १० जनामध्ये दाहालसँगै भुवन केसी र राजेश थापाको नाम पनि सिफारिस गरेको थियो । ९ जनालाई उछिन्दै उनी अध्यक्षमा नियुक्त भएका हुन् । चलचित्र विकास बोर्डकाे सदस्य समेत रहेका  नवनियुक्त अध्यक्ष दाहालले झन्डै ४० वटा चलचित्र निर्देशन गरिसकेका छन् ।

बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि मंसिर २९ देखि खाली रहेको अध्यक्ष पदका लागि बोर्डले आवेदन मागेको थियो । भुवन केसी, दयाराम दाहाल र राजेश थापा, भगवती कुमारी मैनाली, सोहित मानन्धर, अर्जुन कुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यान बहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *