३४ औं जन्मदीन मनाउँदै अदिति शर्मा जसको स्वरमा बलिउड लठ्ठ छ

एजेन्सी । बलिउडमा आफ्नो गायकीबाट स्थापित भएकी अदिति शर्मा आज ३४ औं जन्मदिन मनाउँदै छिन् । भारतीय सांगितिक दुनिँयामा अदितिको स्वरको जती चर्चा हुन्छ त्यत्ति नै सुन्दरताको पनि हुने गर्दछ । अदितिले गाएका धेरै यस्ता गीतहरु छन् जसलाई नयाँ पुस्ताले अत्याधिक मन पराएका छन् ।

अदितिले गाएको ‘ये मेरी जिन्दगी’ ( फिल्म देवडी’), ‘दिल्ली–दिल्ली’ (फिल्म ‘नो वन किल्ड जेसिका’), ‘लव का दी एंड’ (फिल्म ‘लव का दी एंड’), ‘आई विल टाकिँङ टूनाइट’ (फिल्म ‘एजेंट विनोद’), ‘किस लम्हे में’ (फिल्म ‘जाँनी डे’), ‘धत्त तेरे की’ (फिल्म ‘गोरी तेरे प्यार में’), ‘गुल्छर्रे’ (फिल्म ‘बेवकूफियां’) अत्याधिक चर्चामा आएका गीत हुन् ।

अदिति सिंह शर्मा को जन्म २ जून १९८४ मा भारतको नईदिल्लीमा भएको थियो । अदिति पढाईको सिलसिलामा धेरै वर्ष विदेश बसेपनि करियर बनाउन भने भारत नै फर्किएकी हुन् । उनले अहिलेसम्म दुई दर्जन भारतीय फिल्ममा आफ्नो जादुमयी स्वर दिएकी छिन् । अदितिलाई भारतीय फिल्म क्षेत्रमा ब्रेक भने अनुराग कश्यपले फिल्म देवडीमा दिएका थिए ।

फेसनको कुरा गर्दा अदिति फेसनवेल गायिका हुन् । आकर्षक स्वरकि धनी अदिति शारीरिक सुन्दरता भन्दा पनि मानसिक बौद्धिकतालाई महत्व दिन्छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *