डाक्टर पाइलट्सको गीति एल्बम “सरकारी जागिर” बजारमा

काठमाडौँ । १४ वर्ष को लामो अन्तराल पछि साङ्गीतिक समूह डाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपाली गीत “सरकारी जागिर” लिएर साङ्गीतिक क्षेत्रमा पुनरागमन गरेका छन् ।

यस समूहले आफ्नो १ दशकको समयमा ५ वटा गीति एल्बम बजारमा ल्याएका थिए । त्यसमध्ये ए होइ, मनसुन, सरकारी जागिर लगायतका गीतहरूले त्यस समयमा निकै लोकप्रियता कमाएका थिए ।

प्राय सदस्यहरू पढाइको सिलसिलामा विदेशीएपछि यो समूह केही समयको लागि निष्क्रिय जस्तो देखिएको थियो । तर, अहिले लकडाउनको समयलाई सदुपयोग गर्दै नेपाल, अमेरिका, अस्ट्रेलिया, लण्डन, बेल्जियममा रहेका समूह सदस्यहरू मिलेर साङ्गीतिक यात्रालाई पुनःसुचारु गर्न नयाँ शैलीमा आफ्नो गीत नयाँ युटूब च्यानल तथा फेसबुकबाट प्रसारण गरेका छन् ।

आगामी दिनमा यस ब्यान्डले आफ्नो नयाँ गीतहरू पनि नेपाली श्रोताहरू माँझ पस्किने तयारी गरी रहेको बताएका छन् । आफू जहाँ रहे पनि नेपाली संगीतलाई आफूले नबिर्सिएको र निरन्तर माया गरिरहने उनीहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *