आइतबार एकैदिन थप १६६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५६७ पुग्यो
२०७७ जेठ १८ गते

काठमाडौं । आइतबार एकैदिन थप १६६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरेका हुन् ।
प्रवक्ता देवकोटाका अनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थप १६२ जना पुरूष र ४ जना महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १५६७ पुगेको छ । जसमध्ये २२० जना उपचारपछि निको भइसकेका छन् भने ८ जनाकाे मृत्यु भएकाे छ । १ हजार ३ सय ४९ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
२०७७ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








