कोरोना संक्रमणबाट मालिकको ज्यान गयो, ३ महिनासम्म अस्पतालबाहिर कुरिरह्यो कुकुर

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को उत्पति भएको चीनको वुहानमा एक अनौठो घटना घटेको छ । कोरोना संक्रमणबाट मालिकको मृत्यु भएको तीन महिनासम्म अस्पताल बाहिर कुकुरले कुरेर बसेको पाइएको छ ।

त्यो इमान्दार कुकर हो ७ वर्षीय शिआओ । उसले तीन महिनादेखि कोरोनासँग जुधिरहेका आफ्नो मालिकलाई वुहान अस्पतालमा प्रतिक्षा गरिरह्यो । उसको मालिकको मृत्यु अस्पताल भर्ना भएको ५ दिनपछि भएको थियो । तर यो कुराबाट बेखबर शियाओ अस्पतालको लबीमा तीन महिनासम्म मालिकलाई भेट्ने आशामा प्रतिक्षा गरिरह्यो ।

डेली मेलका अनुसार​ शिआओ अस्पतालमा मालिकको प्रतिक्षा गरिरहेका बेला अस्पतालका कर्मचारीले उसलाई खाना खुवाए । १३ अप्रिलमा जब वुहानमा लकडाउन हट्यो र बजार खुल्ला भयो तब एक पसलेले उसलाई लगेर पाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *