बन्द होटललाई क्‍वारेन्टाइन बनाउने सरकारकाे याेजना

काठमाडौं । सरकारले लकडाउनका कारण बन्द भएका होटलहरुलाई क्वारेन्टाइन बनाउने योजना अघि सारेको छ ।

सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द रहेका होटलहरुलाई क्‍वारेन्टाइन बनाउने योजना सरकारले बनाएको बताएका हुन् ।

प्रम ओलीका अनुसार क्‍वारेन्टाइनको संख्यासँगै गुणस्तरमा पनि वृद्धि गरिने छ । उनीहरुलाई उचित खानपानको व्यवस्था गरिने छ । त्यस्तै, संक्रमितको स्वास्थ्योपचारको पनि व्यवस्था गरिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *