जब भित्री पोशाकमा पुरुष वार्डमा पुगिन् नर्स…

काठमाडौं । विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड १९) को त्रास छ । मृतक, नयाँ संक्रमित र उपचाररतको संख्या तथा औषधि उपचारका विषयमा विश्वभर छलफल भइरहेको छ ।

यस्तोमा एउटा फरक विषय भाइरल बनेको छ । कोरोनाको उपचारमा खटिएकी रुसकी एक नर्स बाहिरी पोसाकविनै भित्री पोशाकमा बाहिरबाट पीपीई लगाएर पुरुष वार्डमा पुगेको तस्विर भाइरल भएको हो । भाइरल तस्विरमा ती नर्सले भित्री पोशाक र पारदर्शी पीपीई लगाएको देख्न सकिन्छ ।

२० वर्षकी नर्स टुला शहरको एक अस्पतालको पुरष वार्डमा खटिएकी थिइन् । उक्त वार्डमा पुरुष कोरोना संक्रमितहरु उपचाररत छन् । जब भित्रि पोशाकमै उपचारमा संलग्न भएको विषय सार्वजनिक भयो ती नर्सलाई अस्पतालले बर्खास्त गरेको छ। ती नर्सले भने अत्याधिक गर्मी भएका कारण मात्र भित्री पोशाक लगाएको प्रतिक्रिया दिएकी छिन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *