कोरोनाबारे गलत सूचना दिने मन्त्री र मेयरलाई सार्वजनिक माफी माग्न कांग्रेसको सुझाव

काठमाडौं । कोरोना संक्रमितबारे गलत सूचना प्रवाह गर्ने मन्त्री र मेयरलाई सार्वजनिक माफी माग्न नेपाली कांग्रेस, रूपन्देहीले सुझाव दिएको छ । रूपन्देहीको तिलोत्तमामा अवस्थित क्रिमसन अस्पतालको आईसीयूमा उपचाररत गुल्मी मदानेका संक्रमितबारे गलत सूचना प्रवाह गरेको भन्दै सार्वजनिक माफी माग्न सूझाव दिएको हो ।

कांग्रेस रुपन्देहीले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितबारे गलत सूचना प्रवाह गर्ने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तका मेयर वासुदेव घिमिरेलाई सार्वजनिक माफी माग्न सुझाव दिएको छ ।

कांग्रेस रूपन्देहीद्वारा जारी ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सम्बन्धित निकायबाट बिरामीको मृत्यु भएको आधिकारिक पुष्टि नभएको अवस्थामा बिरामीलाई मृतक घोषणा गर्न हतार गर्ने मानवीय मूल्यहीन र संवेदनाहीन मन्त्री बराल र मेयर घिमिरेले बिरामीको परिवारसँग सार्वजनिक रूपमा माफी माग्न र आगामी दिनमा जवाफदेही बन्न सुझाव दिन चाहन्छौं’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *