माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, प्रहरीले पनि छाड्यो

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका थिए । उनलाई प्रहरीले धरपकडसँगै कुटपिट गरेको थियो ।

उनको अवस्था असामान्य बनेपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार भएसँगै उनी डिस्चार्ज भएका हुन् ।

यस्तै, प्रहरीले पनि उनलाई छाडेको छ । राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =