‘ओम्नी भनेको कसको के हो मलाई थाहा पनि थिएन’

काठमाडौं । कसैको दवावमा पारित गरिसके पछिपनि नेपालको नक्सा सार्वजनिक गरेको होकि भन्ने प्रश्नमा ओलीले नेपालको बर्तमान सरकार सार्वभौम समानताको सिद्धान्तमा विस्वास गर्दछ, ब्यवहारमा विस्वास गर्दछ । र, स्वाधिनता र समानतालाई आफ्नो प्राण भन्दा प्यारो मान्दछ ।

देशभन्दा ठूलो स्वाभिमान
देशभन्दा ठूलो देशको स्वाभिमान भन्दा ठूलो मातृभूमी भन्दा ठूलो मातृभूमीको हित भन्दा ठूलो केही हुँदैन र त्यसका निम्ति समर्पित हुनुभन्दा ठूलो गौरबको विषय पनि केही हुँदैन ।

चाहे विदेशीले भनुन् अरुको उक्साहटमा लागेर, अरुले खटाएर नेपालले बोल्यो जस्ता कुराहरु नेपाल राष्ट्रलाई अत्यन्तै होच्याएर अपमान गरेर बोल्ने कुरा हो । नेपाल राष्ट्र गुलामीलाई कहिल्लै स्विकार नगरेको, स्वाभिमानका निम्ति बलिदान गरेको, दासता अस्विकार गरेको स्वाभिमानी राष्ट्र हो, कसैको उक्साहट र वहकावमा चल्दैन ।

कहिले काँही आम राष्ट्रको हित, आम राष्ट्रको भावना प्रतिबिम्बित नभइरहेको हुन सक्छ तर, अहिलेको सरकारको सन्दर्भमा राष्ट्रिय हितको प्रतिनिधित्व गर्दछ । राष्ट्रिय स्वाभिमानको प्रतिनिधित्व गर्छ र, राष्ट्रिय भावना प्रतिनिधित्व गर्छ ।
तसर्थ कसैको दवावमा भन्ने प्रश्न अहिलेको सन्दर्भमा कसरी सोध्नु भो, माननीय ज्यूले मलाई अचम्म लागेको छ ।

संसद कसैको दवावमा झुक्न चाहन्छ र ?

हिजो बेलुका नक्सा जारी भएको छ । पहिले नै त्यो नक्सा छाप्ने र वितरण गर्ने कुरा हुँदैन । बेलुका नक्सा पारित भएको छ, विहानसम्म वितरण नहुँदा कसैको दवावमा होकी भनेर प्रश्न गर्ने खालको पनि भएन की ?

संसदको भावनाको प्रतिनिधित्व सरकारले गर्छ । संसद कसैको दवावमा झुक्न चाहन्छ र ? काम गर्न चाहन्छ र ? अवस्यै चाहँदैन । यो सार्वभौम जनताको प्रतिनिधित्वको थलो हो । र सार्वभौम जनताबाट छानिएको प्रतिनिधिको सर्वोच्च थलोबाट निर्वाचित सरकारले यस संसदको साँचो प्रतिनिधित्व गर्दछ । कसैको दवावमा कदम चाल्ने वा नचाल्ने, काम गर्ने वा नगर्ने गर्दैन ।

सांसदहरुको भूमिका संयोजनकारी गर्ने भूमिका हुन्छ । चेतना अभिबृद्धि गर्ने भूमिका हुन्छ । जनताले आफ्ना प्रतिनिधि मार्फत यो कोरोनाबाट जोगिने, उम्कने बाटो के हो त्यसको जानकारी लिन चाहन्छन् र सँगसँगै नेतृत्व गरेको पनि हेर्न चाहन्छन् । त्यसकारण अनुगमनकारी भूमिका हुनुपर्दछ । आम जनतालेपनि प्रभावकारी र सकारात्मक भूमिकाको अपेक्षा गरेका हुन्छन् ।

कारोबार मेरो विषय हैन
४–५ महिनाभित्र विल्कुलै तयारी नभएको अवस्थामा अकल्पनीय रुपमा आक्रमण शुरु गरेको हो । आक्रमणलाई पराजित गर्न तयारी गर्नुपरेको हो । हामीले कल्पना पनि गरेका थिएनौं कोरोना महामारी आउँछ । आर्थिक, सामाजिक र मानसिक अवस्थामा असर गर्छ भनेर कल्पना गरिएको थिएन । पहिलो टेष्ट हङकङ पठाएर गर्दा गर्दै तयारी शुरु गरेका हौं ।
कोरोना परीक्षणको सामग्री चाइनामा उत्पादन बन्द भएपछि अरु देशहरुले पनी तयारी गर्न सकेनन्, हामीले पनि सकेनौं । अवस्था सबैको एउटै हो ।

कतिपय सञ्चार माध्यममा ओम्नी भन्ने नामको कम्पनीको नाम लिएर बालुवाटारसँग सम्बन्धित छ भनियो । ओम्नी भनेको कसको के हो मलाई थाहा पनि थिएन । ब्यापार विजनेशका कारोबार मेरो विषय हैन । मेरो विषय राजनीति हो । म रुचि पनि राख्दिन र डील पनि गर्दिन ।

एक रुपियाँ पनि भ्रष्टाचार गरेको छ भने कारवाही हुन्छ
अहिलेको विशेष अवस्थामा मन्त्रालय र मन्त्रालयको सम्बन्धित विभागको महानिर्देशकले खरिद प्रक्रिया छोटो माध्यमबाट अगाडी बढाउन सक्छ । उसले आफु भन्दा एक तह माथिको अफिसरलाई जानकारी गराउँछ । स्वास्थ्य विभागको डाइरेक्टरले आफुले गर्ने काम हो त्यो ।

यदी कसैले एक रुपियाँ पनि तलमाथि गरेको छ भने, एक रुपिँया पनि भ्रष्टाचार गरेको छ भने, अनियमितता गरेको छभने, त्यस सम्बन्धमा छानविन हुन्छ, कारवाही हुन्छ । तर, हरेक कुरामा भ्रष्टाचार मात्रै देख्नु जो मन परेको छैन जो सँग रिस उठेको छ त्यससँग लगेर जोड्दिनु यो स्वस्थ तरिका हैन ।

कसैले पनि भ्रष्टाचार गर्छ भने त्यसलाई छोड्दैनौं 
यो सामान्य अवस्थाको खरिद प्रक्रिया हैन । हामीलाई पिपिइ नपाएर स्वाब टेष्ट गर्ने पिसिआर नपाएर समस्या परेको अवस्थामा कानुनको वास्ता नगर्ने अवस्थामा जतिसक्दो छिटो प्रक्रिया अपनाएर सामान ल्याउनु पर्ने अवस्था थियो । पछि भनेजति सामान सामान आउन सकेन । प्रक्रिया रद्द भयो । त्यस सम्बन्धमा छानविन हुन्छ । दोषि पाइए कारवाही हुन्छ ।

तर, सबैले बाँडेर खाए भनेर जुन चलाउन खोजियो यो विचित्र लाग्दो स्थिति हो । एउटा एउटा कम्पनीका पक्षले कम्पनी बोकेर हिँड्ने अनी त्यो कम्पनीले पाउनु पर्दथ्यो भन्ने अनी पाएन भने उपद्रो मच्चाउने खालको प्रवृत्तिहरुको शिकार हुनु हुँदैन । मलाई त्यस्तो प्रवृत्तिहरुसँग लिनुदिनु छैन । हाम्रो उद्देश्य सकेसम्म छिटो सस्तो गुणस्तरीय सामग्री पाउनु हो । विधिमा त्रुटी छ भने सच्याउनु पर्छ । गल्ती भएको छ भने कारवाही हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज उठेका प्रश्नहरुको उत्तर दिँदै संवोधन गरेको सम्पादीत अंश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *