निर्मल सुब्बाको स्वरमा ‘आँखा राम्रो मृग जस्तो’ सार्वजनिक

काठमाडौं । प्रवासमा रहेर पनि पछिल्लो समय राम्रा, राम्रा शब्द सृर्जना गरेर गीति लेखनमा आफ्नो पृथक पहिचान बनाउन सफल गीतकार समुन्द्र के.सी.को प्रस्तुति ‘आँखा राम्रो मृग जस्तो हरिण झै त्यो चाल…’ बोलको लिप्सिङ सहितको अडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

कैलाश क्रान्तिको संगीत, कृष्णभक्त राईकोन्जे एरर रहेको गीतमा मिठो स्वरका धनी निर्मल सुब्बा लगायतकोे स्वर समेटिएको छ ।

गायक निर्मल सुब्बाले तीन दर्जन बढी गीतमा स्वर भरिसकेका छन् भने केही लिम्बु भाषाका गीत पनि गायका छन् । सुब्बा भन्छन् ‘गीत, संगीत पेशा नभएर आफ्नो रहर र आत्म सन्तुष्टिको लागि गाउने गरेको हुँ ।’

गायक सुब्बाले यस गीतको म्युजिक भिडियो केही समय पछि निर्माण गर्नेे जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *