राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्वारा राहत वितरण

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । लकडाउनको अवधिमा समस्यामा परेका ५० जना अति विपन्न सुनचाँदीका मजदुरहरुलाई नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरीले धरान २ स्थित रत्नरोडमा राहत सामाग्री वितरण गरेको छ ।

धरानमा सुनचाँदीका गरगहना बनाउने ४० जना र राहत वितरण हुँदैछ भन्ने थाहा पाएर आएका अन्य १० जना गरि जम्मा ५० जनालाई राहत सामाग्री वितरण गरेको हो ।

लकडाउनका कारण दैनिक काम गरेर गुजारा चलाउने सुनचाँदी कालिगढहरुलाई जिविकोपार्जनको लागि समस्या पर्न थालेपछि व्यवसायी मञ्चले ५ सय केजी चामल, आलु, दाल, तेल, नुन चाउचाउ गरी जम्मा ४२ हजार बराबरको राहत सामाग्री वितरण गरेको हो ।

राहत सामाग्री वितरण धरान उपमहानगरपालीका वडा नं. २ की जनप्रतिनिधि (सदस्य) बुना विश्वकर्माको उपस्थितिमा भएको थियो । संस्थाका अध्यक्ष वाल कुमार शंकरले राहत सामाग्री वितरण गर्दै भने, ‘हाम्रो संस्थाका ४० जना कालिगढहरुलाई यो लकडाउनको समयमा समस्या नहोस् भन्ने उद्देश्यले राहत सामाग्री वितरण गरेका हौँ ।’

त्यस्तै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरीका सल्लाहकार तथा नेपाली कांग्रेस धरानका सचिव युवराज शंकरले लकडाउन बढ्यो र संस्थामा आबद्ध कालिगढहरुलाई समस्या पर्न गएमा पुनः राहत वितरण गरिने बताए ।

संस्थाकी उपाध्यक्ष मिरा धमलाले भनिन्, ‘सुनचाँदी कालिगढहरु पनि अन्य क्षेत्रका मजदुर जस्तै हुन् । लकडाउनले व्यापार व्यवासाय ठप्प छ, यो अवस्थामा कालिगढ पनि समस्यामा परेकोले राहत वितरण गरेका हौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *