थप २ जना सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८
२०७७ जेठ ३ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौं । भर्खरै थप भएका दुई जना कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रेका २६ वर्षिय पुरुष र महोत्तरीका ५२ वर्षिय पुरुषसँगै कोरोना संक्रमितको संख्या २७८ पुगेको हो ।
यस अघि आज विहान मात्रै ९ जना संक्रमित भेटिएका थिए । शनिबार नै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षिय पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
२०७७ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








