बालुवाटारमा सर्वदलीय बैठक जारी

काठमाडौँ । प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको छ। नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमण फैलदै गएपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सहभागी छन्। कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको थियो।

गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले भारतले लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि सर्वपक्षीय बैठक बोलाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *