बलिउडमा जम्न खोज्दै अदा शर्मा (फोटो फिचर)

काठमाडौं ।भनिन्छ बलिउड चमकदमकको दुनियाँको बादशाह हो । यहाँ हरेक दिन स्थापित हुन विश्वभरका कलाकार संघर्षरत हुन्छन् । तर, बलिउडमा सफलता पाउन त्यत्ति सजिलो पक्कै छैन । संभावना भएका धेरै कलाकार बलिउडमा विभिन्न कारणले टिक्न सकेका छैनन् । यहाँ टिक्नका लागि आफुलाई समय र परिस्थिति अनुसार ढाल्नै पर्दछ । तपाईसँग सुन्दरता छ तर, अभिनय छैन भने तपाईले कतै न कतै सेक्रिफाइ गर्नै पर्दछ ।

२००८ मा हिन्दी फिल्म १९२० बाट बलिउडमा पाइला चालेकी अदा शर्मासँग अभिनय र कलाकारिता दुवै छ । तरपनि उनी अझै बलिउडमा टिक्न सकिरहेकी छैनन् ।

पहिलो फिल्मले उनलाई आशातित सफलता दिलायो । हरर फिल्मबाटै उनले फिल्मफेयर अवार्डमा बेस्ट डेब्यू अवार्डमा नोमिनेशन भइन् । त्यसपछि आएका फिल्मले खासै सफलता पाएन । सन् २०१४ मा आएको हसे तो फसे चलेन । सोहि वर्ष रोमान्टिक थ्रिलरमा साउथ फिल्म हर्ट अट्याकमा देखिएकी अदा त्यसपछि सत्यमुर्तिमा देखा परिन् । तरपनि उनलाई बलिउडमा निर्माता निर्देशकले नोटिस गर्न सकेनन् ।

०१५ मा आएको सुब्रमन्यम सेलमा अदाले मुख्य भूमिका निर्वाह गरेपछि भने साउथ फिल्ममा उनको नोटिस भयो । दर्शकले अदालाई सेक्सी, बोल्ड हिरोइनका रुपमा चिने । अर्कोवर्ष रोमान्टिक जनरामा बनेको गरममा अदाको ग्लामरस मज्जाले विक्यो ।

२०१७ मा आएको बलिउड फिल्म कमाण्डो २ मा अभिनय गरेपछि भने अदाको हाइट बढ्यो । फिल्म वक्स अफिसमा सफल भयो । भने गतवर्ष कमाण्डोकै सिक्वेल आएको कमाण्डो ३ ले अदालाई अर्को सफलता दिलायो ।

बाइपास रोड, चार्लि च्याप्लिन, कल्की, राना विक्रम लगायत एक दर्जन फिल्ममा काम गरेकी अदाको आकर्षक लुक्सका कारण कलिउडमा टिक्न सजिलो भएको भन्नेहरु पनि छन् । तर, अदा अहिले बलिउडमा राम्रो ब्यानरको खोजीमा रहेकी छिन् यसका लागि उनले आफ्नो कलालाई पनि निर्खार्दै गइरहेकी छिन् ।

हेर्नुहोस अदाका केही अदाकारी तस्विरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *