कोरोना संक्रमित बढेसँगै बारामा निषेधाज्ञा जारी, भोलिदेखि ई–पास समेत खारेज गर्ने निर्णय

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।

बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको हो ।

स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय

कोरोना संक्रमित बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर राख्दै मंगलबार बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले संक्रमणको स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्ला प्रशासन बाराले भारतसँग सीमाना जोडिएका क्षेत्रहरुबाट आवात जावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी अत्यावश्यक काम बाहेर्कअन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *