स‌ंसदमा प्रि-बजेट माथिको छलफलले निरन्तरता पाउने [कार्यसूचीसहित]

काठमाडौं । संघीय स‌ंसदका दुवै सदन (प्रतिनिधि सभा र राष्‍ट्रिय सभा)मा आज पनि प्रिबजेट माथिको छलफलले निरन्तरता पाउँनेछ । दुवै सदनको बैठक बिहान ११ बजेलाई बोलाइएको छ ।

आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्ध पेश गरेका थिए । आज दुवै बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको विनियोजन  विधेयकका  सिद्धान्त  र  प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा सभामा छलफल हुनेछ ।राष्‍ट्रिय सभामा भने डा. युवराज खतिवडाले यसमा उठेका प्र‍श्‍नहरूको अर्थमन्त्री जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार १३ जेठमा सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि १५ जेठमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *