आजदेखि संघीय संसदमा प्रि-बजेट छलफल, यस्तो छ कार्यसूची

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आजदेखि संघीय संसदमा प्रि-बजेट (बजेट पूर्वको) छलफल सुरु हुँदैछ ।

यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेपछि बस्नेछ । संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७–७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसपछि छलफल सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै प्रतिनिधिसभाको बेठकको सुरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यसपछिसांसदहरुले आ–आफ्ना धारणा राख्ने छन् ।

संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले जेठ २ मा नीति तथा कार्यक्रम ल्याउने छन् । उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *