पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा

काठमाडौं । विश्व ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ) ले प्याटेन्ट कोओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहत अन्तरराष्ट्रिय प्याटेन्ट आवेदन २०१९को नतिजा घोषणा गरेको छ । १ हजार ९ सय २७ निवेदनका साथमा ओपो कम्पनी एप्लिकेन्ट्स अन्तर्गत पीसीटी फाइलहरु मध्ये उत्कृष्ट पाँचौमा पर्न सफल भएको छ ।

१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तरराष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तरराष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराए बापत निवेदकले विभिन्न देशहरुमा आफ्नो आविस्कारको सुरक्षा प्राप्त गर्न सक्छन् । सन् २००९ को सूरुवातदेखि नै ओपो वैश्विकस्तरमा विभिन्न प्राविधिक क्षेत्रमा प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारुकताका साथ लागि परेको छ ।

यही प्रक्रिया अन्तर्गत ओपोले आफ्नो डब्ल्यूआईपीओ ईन्टरनेसनल प्याटेन्ट्स एप्लिकेसन र्यांकिंगलाई पछिल्लो बर्षको १७ औँ स्थानबाट पाँचौ स्थानमा झार्न सफल भएको हो ।

सन् २०२० को मार्च महिना सम्ममा ओपोले ४३००० वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने, १६००० ओटाका लागि ले आधिकारिकता पनि प्राप्त गरिसकेको छ । समग्र निवेदन मध्ये झण्डै ८८ प्रतिशत आविस्कार सम्बन्धित रहेका छन् ।

ओपोले ३ हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ र १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन् । त्यसैगरी ६ हजार १ सय ईमेज प्याटेन्ट वैश्विकरुपमा दर्ता गराइसकेको छ, जस मध्ये २ हजारले आधिकारिकता प्राप्त गरिसकेका छन् ।

कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गतपनि वैश्विक स्तरमा २ हजार ७ सय भन्दा बढी निवेदन दर्ता गराइसकेको छ । यी मध्ये १ हजार १ सयका लागि आधिकारिकतापनि प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *