महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।

बैंकले ‘राईजिङ्ग स्टार- ग्रोथ’ अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।

जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित ‘चौथो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैङ्कहरूको सहभागिता रहेको थियो ।

बैंकले डिजिटल बैकिङ्ग सेवामा विस्तार, नविन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैकिङ्गमा उत्कृष्ट कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको जानकारी दिएको छ ।

यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =