भोलि सार्वजनिक बिदाः गृह मन्त्रालय
२०७७ वैशाख २४ गते

गृह मन्त्रालय। फाइल फोटो।
काठमाडौं । सरकारले बुद्ध जयन्तीको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधवार गृह मन्त्रालयले सुचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।
अहिले लकडाउनका कारण आंशिक रुपमा मात्रै सरकारी तथा निजी कार्यालयहरु खुलेका छन् । भोलि भने ती सबै पूर्ण रुपमा बन्द हुनेछन् ।
‘वैशाख २५ गते बिहीबार बुद्ध जयन्ती (वैशाख पूर्णिमा–चण्डी पूर्णिमा परेकाले उक्त दिन मुलुकभरी सबैलाई लागु हुनेगरी बिदा रहेको व्यहोरा निर्णयानुसार अनुरोध छ’, गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

२०७७ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








