अरुको हैन आफ्नो कमजोरी नियाल्न करिष्माको आग्रह

काठमाडौं । अहिले लकडाउनका कारण फिल्म क्षेत्र ठप्प छ । कलाकारहरु फुर्सदमा घरमै रमाईरहेका छन् । यो बेला समयविताउन उनीहरुले फेसवुक, ट्विटर, इन्ष्टाग्राममा आफुलाई ब्यस्त राखेका छन् ।

यस्तोका सदावहार नायिका करिश्मा मानन्धरको दैनिकी पनि घरभित्रै वितेको छ । लकडाउनका कारण घरभित्रै रहेपनि सामाजिक सञ्जाल र सामाजिक काममा भने व्यस्त छिन् ।

एक साता अघि लकडाउनका कारण खान दैनिक गुजारा गर्न कठिन भइरहेका घर नजिकका भाडावालहरु लाई खाद्यान्न राहत वितरण गरेकी उनी अहिले भने आफुलाई प्रकृतिसँग ब्यस्त बनाइरहेकी छिन् ।

साथै सामाजिक सञ्जालमा करिष्माले लेखेका कतिपय स्टाटस समेत पछिल्लो समय भाइरल भइरहेको देख्न सकिन्छ । लकडाउनका कारण जनता भोकै रहेको बेला कलाकर्मीहरुले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने कुरा उठ्यो यसमा करिष्माले आपत्ति जनाइन् । जनता भोकै रहेको नरहेको राज्यको दायित्व भएकोले कलाकर्मीले सहयोग किन गर्ने भन्दै करिष्माले लेखेको स्टाटसले उनलाई विवादमा ल्याइदियो ।

अहिले पुनः करिष्माले कसैको कमजोरी नियाल्न समय खर्च नगर्न भन्दै स्टाटस लेखेकी छिन् । ‘अरुको कमजोरी नियाल्न समय खर्चिनु भन्दा आफनो खुबीहरु के के छन् भन्ने थाहा पाउन समय खर्च गर्यो भने भोलिको दिनमा काम लाग्छ ।’ करिष्माले लेखेको स्टाटसमा हज्जारौंले लाइक गरेका छन् । रातो कुर्ता सुरुवालमा देखिएकी करिष्माले कमेन्टहरुमा रिकमेन्ट पनि गरेकी छिन् ।

उमेरले ५ दशक पुग्नै लागेकी करिष्माको सुन्दरता भने अझै २० वर्षे युवतीको भन्दा कम छैन । अभिनय र सुन्दरताले दुई दशक नेपाली चलचित्रमा एक छत्र राज गरेकी करिष्माको स्थान लिनसक्ने नायिका रेखा थापा पछि अहिलेसम्म काेहि नभएको बताइन्छ ।
हेर्नुहोस करिष्माका केही सुन्दर तस्विरहरु
तस्विरः करिष्माका फेसवुक पेजबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *