प्रधानमन्त्रीको श्रमिक दिवसको सन्देश ‘रंगीन कागजको फुल’ जस्तैः विश्वप्रकाश शर्मा
२०७७ वैशाख १९ गते

नेकाका प्रवक्ता शर्मा। फाइल फोटो।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री स्वयमले नै अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अस्थिरताको दोष सञ्चार माध्यमलाई दिन नमिल्ने बताए । उनले लेखेका छन्, ‘अस्थिरता आफू निम्त्याउने अनि संचार माध्यम र सामाजिक संजाललाई दोष । अझ धम्कीको भाषा । उहाँकै शैलीमा भन्नुपर्दा ‘तितेपाती गुलियो कहाँ हुन्छ, चिनिको मल हालेर !’
प्रवक्ता शर्माले लकडाउनले पैदलै घर गइरहँदा मजदुरलाई नदेख्ने प्रधानमन्त्री ओलीको आजको श्रमिक दिवसको सन्देश ‘रंगीन कागजको फुल’ जस्तै भएको टिप्पणी समेत गरे ।

२०७७ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








