नेकपाद्वारा प्रधानमन्त्रीका सल्लाहकार भट्टराईको स्वास्थ्यलाभको कामना

चैत्र २९, काठमाडौं। पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज प्राइमरी एन्जिओग्राफी गरिएका पार्टीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

भट्टराईको गङ्गालाल हृदय रोग केन्द्र, बाँसबारीमा उपचार भइरहेको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टीले जनाएको छ। 

सो पार्टीका कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी भट्टराई अस्पतालको कोरोनरी केयर युनिट (सिसियु) कक्षमा उपचाररत रहेको र उनलाई भेटघाट नगर्न/नगराउन चिकित्सकको सुझाव रहेको जनाएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *