समाचार प्रभावः बसपार्कमा अलपत्र मजदुरहरूको उद्धार

चैत्र, २५ विराटनगर । बसपार्कमा अलपत्र परेका यातायात मजदुरहरुको उद्धार गरिएको छ । 

कोरोना भाइरस (कोभिड १९) संक्रमणको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गते लकडाउनको घोषणा गरेसँगै विराटनगर बसपार्कमा १५ जना यातायात मजदुरहरु अलपत्र परेका थिए । अलपत्र परेका मजदुरहरुलाई मंगलबार साँझ समाजसेवी तथा युवा नेता वसिम आलमको नेतृत्वमा उद्धार गरिएको हो ।  

उक्त यातायात मजदुरहरुलाई सामाजिक अभियन्ता तथा युवा नेता राकेश रोसन यादवको हाम्रो नेपाल होस्टेलमा राखिएको छ । यादवलाई यातायात मजदुरको अलपत्र परेको विषयमा समाचारको माध्यमद्धारा थाहा पाएको साथै उनीहरुको उद्धारका लागि ठुलो भूमिका वासिम आलमले गरेको बताए ।  

यादवले उक्त होस्टेल कोरोना भाइरस (कोभिड १९) को क्वारेन्टाइनका लागि सामाजिक विकास मन्त्रालयलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।  

त्यस्तै समाजसेवी तथा युवा नेता वसिम आलमले भने मकालु खबर र आवर बिराटनगरको समाचार पढेर यातायात मजदुरहरुको समस्याको विषयमा जानकार भएको बताए । लकडाउनको कष्टकर घडीमा सहयोग गर्न पाँउदा खुशी महशुस भएको आलमको भनाइ छ । 

उनले मकालु खबर र आवर बिराटनगर टिमलाई आभार प्रकट समेत गरेका छन् । त्यस्तै सामाजिक अभियन्ता पेरिस सुवेदीले पनि उद्धार कार्यका लागि अहम भूमिका निर्वाह गरेको आलमले बताए ।  

सगरमाथा यातायातका सहचालक (अलपत्र परेका यातायात मजदुर) युद्ध भण्डारीले भने, ‘प्रदेश सरकारकाे सहयाेग पाउनुपर्ने ठाउँमा व्यक्तिगत तर्फबाट सहयोग पाउँदा खुशी छु । अर्कोतर्फ दुःखि पनि छु, सरकारको तर्फबाट हामीलाई एक पटक पनि कसैले सोध्न आएनन् । ’ 

उनले थपे, ‘१५ दिनका दिनमा सुत्नका लागि ओछयान पाइयो, यो भन्दा खुशीको क्षण के हाला र ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =