उदयपुरका थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

वैशाख ९, काठमाडौं । उदयपुरका थप ८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । 

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । विपी ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको वीपी प्रतिष्ठान स्राेतले जनाएकाे छ ।  

आजै मात्रै उदयपुरकै ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।  

संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *