जिवन आफूले सोचे जस्तो सरल रेखामा कहिल्यै हिँड्दैन

सधैं जसो राष्ट्रिय राजनीतिको सरगर्मी बढ्ने देश छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस फैलिएर संसार आतंकित छ । निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश मान्छेहरूलाई दिन र रात छुट्याउन गाह्रो भइरहेको छ । अन्नको मुख देख्न नपाएको धेरै दिन भइसक्यो । अझ कति दिन देख्न नपाइने हो, ठेगान छैन । 

थाहा छ मलाई, यसबेला तपाईंहरु असह्य पीडामा हुनुहुन्छ । भावबिह्वल हुनुहुन्छ । बिछिप्त हुनुहुन्छ । कतै मेरा यी शब्दहरूले तपाईंलाई चोट त थप्ने होइन ? डर लागिरहेको छ । मेरो उद्देश्य तपाईंलाई चोट थप्नु नभएर थोरै भए पनि चोटमा मलमपट्टी गर्नु हो । 

हामी राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन । 

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै । 

अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । संघर्ष जारी छ र जारी रहने छ । अझ करोडौं वर्ष पृथ्वीमा मानव अस्तित्व जारी रहने भविश्यवाणी गर्छन् वैज्ञानिकहरू । प्रकृति विरूद्धको संघर्षमा मान्छेले उल्लेख्य सफलता प्राप्त गर्दै आएका छन् र भविष्यमा पनि हुँदै जाने निश्चित छ । 

मान्छेका लागि पृथ्वी साँघुरो बन्दै गइरहेको छ । त्यसैले त अन्य विभिन्न ग्रहहरूमा मानव बस्ती बसाउने विकल्प खोज्दैछन् मान्छेहरू । कुनै दिन अवश्य सफलता प्राप्त हुनेछ मान्छेलाई । 

विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनन्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ । 

व्यक्ति–व्यक्तिमा विश्वासको संकट, घर–घरमा विग्रह, समाजमा मूल्य, मान्यताको विघटन आजको नेपाली समाजको विशेषता बन्न पुगेको छ । देशको शैक्षिक तथ्यांक हेर्दा वर्षैपिच्छे साक्षर, शिक्षित र उच्च शिक्षा हासिल गर्नेहरूको संख्या बढेकै छ । सभ्यताको मापन शिक्षाबाट गरिन्छ भनिन्छ । तर, समाजमा विकृति विसंगतिको ग्राफ दिनानुदिन बढिरहेको छ । 

पक्कै पनि ब्यक्ति बन्धनमा बाँधिनु हुँदैन । व्यक्तिको सर्बोच्चतालाई सबैले सम्मान गर्नुपर्छ । तर, ब्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गरिरहँदा समाजको मर्यादा र सीमालाई बिर्सनु हुँदैन । ब्यक्तिसँग घर–परिवार, समाज, देश, संस्कृति, इज्जत र सम्मान सबै कुरा जोडिएको हुन्छ । सायद त्यसैले दार्शनिक रूसोले भनेका होलान्–‘मानिस स्वतन्त्र जन्मन्छ तर ऊ सर्वत्र सिक्रीले बाँधिएको हुन्छ ।’ 

आज हामीले देखिरहेका छौं । अरु देशका नागरिक स्वतन्त्र प्रेमि हुनाले त्यहाँको ह्रदय बिदारक कहाँनी । तसर्थ, सामाजिक मर्यादा र सीमाभित्र रही व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने कि ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *