काँठका किसानलाई कामको चटारो (फोटो कथा)

काठमाडौँ । कृषि क्षेत्र सरकारको उपेक्षामा परेका कारण पछिल्लो समय यो पेसामा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ, कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास र व्यवसायीक कृषि प्रणालीको अभाव नै हो ।

किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर वस्तुको बजार सीमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । सरकारलाई कुनै मतलब छैन । गर्मी सुरु भएको छ । मानिसहरू गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यति बेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान ।

तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा यत्रतत्र भेटिन्छन् । यति बेला उनीहरूलाई नयाँ वर्षको रमझम भन्दा खेतीपाती नै प्यारो छ । आजको फोटो फिचरमा कामको चटारोले व्यस्त काँठ क्षेत्रका किसान र कृषि उपजका यी तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *