सामुदायिक विद्यालयलाई निजीभन्दा अब्बल बनाउने बालेनको लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो ।

८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्रि विद्यालय र एउटा संस्कृत छन् । रात्रि र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ । गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरे ।

यस वर्ष प्रारम्भिक बाल विकास कक्षाहरूमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ९२ जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ । विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरूबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको हो ।

मेयर बालेन शाहले शैक्षिक गुणस्तर सुधारका लागि चालू आर्थिक वर्षमा मात्रै करिब ३ अर्ब बजेट व्यवस्थापन गरेको बताए । उनकाअनुसार गुणस्तर सुधारका लागि प्रतिविद्यार्थी प्रतिमहिना ५००० रुपैयाँ खर्च गरिरहेको हो । उनले बनेका छन्, ‘कक्षा अनुसार थप भर्ना लिन सकिने विद्यार्थी संख्या को विवरणको लागि https://shorturl.at/bcsH6 मा क्लिक गरी हेर्न सक्नुहुनेछ । विद्यार्थी भर्नाको थप जानकारीका लागि सम्बन्धित विद्यालयमा तथा भर्ना सम्बन्धी गुनासो भएमा ९८५१०६६६१७ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *