बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ वैशाख १२ गते
![बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य](https://www.makalukhabar.com/wp-content/uploads/2023/03/bagmati-pradesh-sabha-mk.jpg)
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज राति १२ बजेदेखि अन्त्य गरेका छन्।
उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकमा मुख्य मन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित