लकडाउनको फाइदा उठाई बढि मूल्य लिने भाटभटेनीलाई विभागको कारवाही

काठमाडौं । लकडाउनको फाइदा उठाउँदै ब्यापारीक घराना भाटभटेनी सुपरमार्केटले दैनिक उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिबाना गरेको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीले भाटभटेनी सुपरमार्केटले दैनिक उपभोग्य वस्तुहरुको तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाएपछि ३ लाख रुपैंया जरिवाना गरेको जनाएको छ ।

भाटभटेनी सुपरमार्केट टंगालले उपभोग्य सामानमा एम.आर.पी. भन्दा वढीमूल्य लिई बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५को १६(२) (क) बमोजिम काम गरेकोले ३८ (ङ) को कसुरमा ३९ (१)(ख) वमोजिम ३ लाख जरिवाना गरिएको हो ।

विभागले लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै दैनिक रुपमा बजार अनुगमन गर्दै आइरहेको छ ।

यस अघिपनि बढि मुल्यमा उपभोग्य वस्तुहरु विक्रिवितरण गरेको भन्दै केही पसलहरुलाई जरीवाना गरेको विभागले अनुगमनलाई लकडाउन अवधिभरी अझ कडाई गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *