काठमाडौंमा अब बिहान १० बजेसम्म किनमेल गर्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र आजदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने भएको छ । महानगरपालिकाले स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको हो ।

महानगरका अनुसार लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरिएको छ । महानगर प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकबाट लकडाउनको अवधि थप १० दिन थपिएकाले जनजिवन सामान्यतर्फ लैजान किनमेलमा खुकुलो बनाइएको हो ।

सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउनसमेत शाक्यले सबैमा आग्रह गरेका छन् । महानगरले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले अहिलेसम्म आफ्ना क्षेत्रका ६८ हजार ६ सय १७ नागिरकलाई राहत वितरण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *